काठमाडौं । मेगा बैंक लिमिटेडले लाभांशको घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफा र शेयर प्रिमियम कोषबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकले हाल कायम रहेको चुक्ता पूँजीको १२.०७ प्रतिशतका दरले हुन आउने १ अर्ब ७६ करोड ८८ लाख ५४ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।
मंगबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण गरिनेछ।