images
images

निरन्तर छैटौं दिन पनि बढ्यो नेप्से, एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट


  • 427
    SHARES
  • २०८१ पौष २४ गते बुधबार

    निरन्तर छैटौं दिन पनि बढ्यो नेप्से, एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

    काठमाडौं । बुधबार शेयर बजार बढेर बन्द भएको छ । नेप्से परिसूचक निरन्तर छैटौं कारोबार दिन बढेर बन्द भएको हो। गत साताको बुधबारदेखि बढ्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.५३ अंकले बढेर २ हजार ६ सय ५३ दशमलव ३८ विन्दुमा पुगेको छ । 

    बुधबार कारोबारमा आएका ३ सय ५ स्क्रिपको ६ अर्ब ४० करोड रुपैयाँ बराबरको १ करोड ५५ लाख कित्ता शेयर किनेबच भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५ अर्ब ३८ करोडको शेयर काराेबार भएकाे थियाे । 

    आज १ सय ३९ कम्पनीको शेयर मूल्य बढेको छ । ९५ कम्पनीको शेयर मुल्य घटेको छ भने ८ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.७७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक साढे २ प्रतिशत बढेको छ भने लघुवित्त उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशत घटेको छ।

    आज सबैभन्दा धेरै न्यादी ग्रुप पावरको कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको १९ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सुपर मादी हाइड्रोको १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

    बुधबार एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा समृद्धि फाइनान्स रहेको छ । यस्तै, सिन्धु विकास बैंकको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, यस दिन चिरख्वा हाइड्रोपावर र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने न्यादी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।


    images
    images

    Logo