images
images

नेप्सेमा ७९ अंंकको गिरावट, यी तीन कारण जसले घटायो बजार 


  • 1.1K
    SHARES
  • २०७८ कार्तिक २३ गते मंगलबार

    नेप्सेमा ७९ अंंकको गिरावट, यी तीन कारण जसले घटायो बजार 

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक ७९.७९ अंकले घटेको छ । मंगलबार शेयरबजार २.८२ प्रतिशतले घटेर २ हजार ७ सय ४९ दशमलव ८६ बिन्दुमा पुगेको हो । 

    बजारमा आज ६ अर्ब ५२ करोड रुपैयाँ बराबरको १ करोड १९ लाख कित्ता शेयर कारोबार भएको छ । १८७ वटा कम्पनीको शेयर कारोबार हुँदा ७ वटा कम्पनीको शेयर मुल्य बढेको छ १७९ वटा कम्पनीको हेयर मुल्य घटेको छ भने १ वटा कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । 

    नेप्से सहित १३ वटै समुहको मुल्य घटेको छ । फाइनान्स र विकास बैंकको शेयर मुल्य ५ प्रतिशतले घटेको छ भने अन्य कम्पनीको मुल्य ४ प्रतिशत, होटल, निर्जीवन बीमा कम्पनीको शेयर मुल्य ३ प्रतिशतले घटेको हो । माइक्रोफाइनान्स, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, म्युचुअलफण्ड र ट्रेडिङ कम्पनीको शेयरमुल्य २ प्रतिशतले घटेको हो । 

    महालक्ष्मी विकास बैंक, आइसीएफसी फाइनान्सको शेयर मुल्यमा नकारात्मक सर्किट लाग्दा साहस उर्जा, तेह्रथुम पावर कम्पनी र मानुषी लघुवित्त वित्तीय संस्था प्राइम कमर्शियल बैक, युनिलिभर नेपाल कम्पनी, एनआइसी एशिया डिबेञ्चर, सानिमा लार्ज क्याप आदि कम्पनीको शेयर मुल्य बढेको हो । 

    आज सवार्धिक मुल्य घट्ने कम्पनीहरुमा महालक्ष्मी विकास बैंक, आइसीएफसी फाइनान्स, गुडविल फाइनान्स, मिथिला लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, युनिभर्सल पावर कम्पनी र रु रु जलविद्युत् कम्पनी आदि रहेका छन् । 

    यी तीन कारण जसले घटायो शेयर बजार

    १. ब्याजदर बढ्ने त्रास

    मंसिर सुरु हुने बित्तिकै फेरि ब्याजदर बढ्नसक्ने त्रास बैंकिङ क्षेत्रमा छ । राष्ट्र बैंकले मौखिक रुपमा ९।३६ प्रतिशत ब्याजदर तोक्न यसअघि भने पनि परिपत्रमा भने मासिक १० प्रतिशत ब्याज घटबढ गर्न पाइने भनेको छ । परिपत्रका आधारमा सबैजसो बैंकले ब्याजदर बढाउने तयारी गरेका छन् । 

    २. यसअघिको वृद्धि

    शेयर बजारमा दशैंपछि भारी मात्रामा उछाल आयो । २ हजार ४ सय ८१ विन्दुसम्म झरेर कारोबार भएको नेप्से २ हजार ८ सय ६३ अंकसम्म पुग्यो । परिसूचकका आधारमा यो वृद्धि ३ सय ८२ अंक अर्थात् झन्डै १५ प्रतिशत हो । यही वृद्धिमा प्रोफिट बुक गर्नेहरु अहिले शेयर बिक्रीमा लागेका हुन् ।
     
    ३. माैद्रिक नीतिको समीक्षाको अपेक्षा

    नेपाल राष्ट्र बैंकले माैद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दैछ । यो समीक्षाले शेयर बजार सुधार हुनेगरी व्यवस्था गर्नेमा ठूला लगानीकर्ताहरु आशाबादी छैनन् । खासगरी ४ करोड र १२ करोडको शेयर कर्जाको विषयमा गभर्नर महाप्रसाद अधिकारीको अडान अहिले पनि कम भएको छैन । सोही कारण पनि माैद्रिक नीतिको समीक्षा अघि नै शेयर बजारबाट बाहिरिन खोज्ने पनि बढेका छन् ।

    आज बजारमा सबैभन्दा बढी विकास बैंक र वित्त कम्पनीको मूल्य घटेको छ । यसअघि मूल्य बढ्दा पनि यी दुई क्षेत्रमै बढी उछाल देखिएको थियो । अहिले उच्च गिरावटको पछाडि यसअघिको वृद्धि प्रमुख कारण रहँदै गर्दा वाणिज्य बैंकको ब्याजदरको दबाब समेत यसमा परेको हुनसक्ने अनुमान गरिएको छ । वाणिज्य बैंकको ब्याजदर बढ्दा विकास बैंक र वित्त कम्पनीको निक्षेप वाणिज्य बैंकतिर जाने भएकोले सबैभन्दा बढी दबाव यो क्षेत्रमा पर्छ ।


    images
    images

    Logo