काठमाडौं । मंगलबार शेयर बजार घटेको छ । बजार खुलेको सवा दुई घण्टामा नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक ६१.५६ अंकले घटेको छ । अघिल्लो दिनको कारोबारको तुलनामा बजार २.१८ प्रतिशतले घटेको हो ।
नेप्से घटेसँगै महालक्ष्मी विकास बैंक र आइसीएफसी फाइनान्स कम्पनीको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । यो अवधिमा कारोबारमा आएका कम्पनी मध्ये ७ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १७९ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
महालक्ष्मी विकास बैंक र आइसीएफसी फाइनान्स कम्पनीको शेयर मुल्य १० प्रतिशतले घटेर नकारात्मक सर्कित लागेको हो । अघिल्लो कारोबार दिनमा सकारात्मक सर्किट सहित सर्वाधिक शेयर कारोबार भएको कम्पनीमा मंगलबार नकारात्मक सर्किट लागेको हो । आइसीएफसी फाइनान्स कम्पनीको शेयर मुल्य १०६.३० रुपैयाँले घटेर ९५६.७० रुपैयाँमा गुगेको छ भने महालक्ष्मी विकास बैंक शेयर मुल्य ८८.२० रुपैयाँले घटेर ७९३.८० रुपैयाँमा गुगेको छ ।



