images
images

गार्डियन माइक्रोको आईपीओमा तेस्रो दिनसम्ममा कति पर्यो आवेदन ?


  • 448
    SHARES
  • २०८१ पौष २३ गते मंगलबार

    गार्डियन माइक्रोको आईपीओमा तेस्रो दिनसम्ममा कति पर्यो आवेदन ?

    काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा १ करोड ९९ लाख ९१ हजार ८ सय ९० कित्ताका लागि आवेदन परेको छ । तेस्रोदिन अर्थात मंगलबार साँझसम्ममा १४ लाख ९२ हजार ७ सय ६९ जना सर्वसाधारण आवेदकहरुले १ अर्ब ९९ करोड ९१ लाख ८९ हजार रुपैयाँ बराबरको लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । यो आवेदन मागभन्दा १०.८३ गुणा बढी हो ।

    कम्पनीले आइतबारदेखि सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासनमा ल्याएको हो । यसले प्रतिकित्ता १ सय रुपैयाँका अंकित दरमा २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 

    जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ । त्यस्तै, ६७ हजार ५ सय कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५ सय  कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । 

    यसमा पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । यो आईपीओमा कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।  


    images
    images

    Logo