images
images

लगातार पाँचौ दिन पनि बढ्यो नेप्से, २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट


  • 480
    SHARES
  • २०८१ पौष २३ गते मंगलबार

    लगातार पाँचौ दिन पनि बढ्यो नेप्से, २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

    काठमाडौं । मंगलबार शेयर बजार बढेर बन्द भएको छ । पछिल्ला ४ कारोबार दिनदेखि उकालो लागिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.१६ अंकले बढेर २ हजार ६ सय ४६ दशमलव ८४ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ५ स्क्रिपको ५ अर्ब ३८ करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर किनबेच भएको छ । 

    नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ६ अर्ब ३० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    मंगलबार १ सय २६ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ७ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको शेयर मूल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.६५ प्रतिशत बढेको छ। बाँकी ७ उपसमूहको परिसूचक यस दिन सामान्य अंक बढेको छ। यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक भने स्थिर रहेको छ।

    कारोबार रकमका आधारमा यस दिन सिन्धु विकास बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १६ करोड ९२ लाख ९६ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको साढ १४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने साहस उर्जाको करिब साढे १४ करोडको शेयर खरिदबिक्री भएको छ।

    आज २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा सप्तकोशी डेभलपमेन्ट बैंक र न्यादी हाइड्रोपावर रहेका छन् । त्यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्योरेन्सको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, यस दिन सिन्धु विकास बैंक्को शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने समृद्धि फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। 


    images
    images

    Logo