काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले साधारणसभा बोलाएको छ । कात्तिक २३ गते मंगलबार बसेको सञ्चालक समितिको १४९ औ बैठकले अघिल्लो आर्थिक वर्षको लाभांश पारित गर्न कम्पनीको चौधौ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
सो साधारणसभा मंसिर १९ गते आइतबार दिउँसो २ बजे गर्ने भएको छ ।
उक्त साधारणसभामा कम्पनीले आर्थिक वर्ष २०७६/७७को नाफा हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत अर्थात ३६ करोड २५ लाख रुपैयाँ बराबरको बोनस शेयर र १ करोड ९० लाख ८२ हजार रुपैयाँ कर सहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ ।
सो साधारणसधा प्रयोजनका लागि कम्पनीले मंसिर १० गते बुक क्लोज गर्ने भएको छ । यसअनुसार मंसिर ९ गते सम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्ने बनस शेयर र नगद लाभांश पाउनेछन् ।



