images
images

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न सर्वोच्चमा रिट


  • 418
    SHARES
  • २०८१ पौष २३ गते मंगलबार

    नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न सर्वोच्चमा रिट

    काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको लाईसेन्स नदिन सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । कृष्ण बहादुर थापाले धितोपत्र बोर्ड, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई प्रतिवादी बनाएर मंगलबार रिट दायर गरेका छन् ।

    उनले नेपाल धितोपत्र बोर्डबाट जारी भएको धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७९ धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८, संविधानको धारा १, धारा ४६, धारा १६२ समेतका संवैधानिक प्रावधान र त्यसमा अन्तरनिहित सिद्धान्तहरुसंग बाझिएको हुँदा संविधानको धारा १३३९१०, ९२० र ९३० बमोजिम अमान्य गर्न माग दाबी गरेका छन् ।

    थापाको रिट निवेदनमाथी सर्वोच्चमा बहस भइरहेको छ । उनको माग दाबी बमोजिम अदालतले अन्तरिम आदेश दिए तत्कालका लागि नयाँ स्टकको लाइसेन्स रोकिने छ ।


    images
    images

    Logo