काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थामा चार जना सञ्चालक निर्वाचित भएका छन् ।
संस्थाको कात्तिक २२ गते सम्पन्न भएको ६ औं वार्षिक साधारणसभाबाट संस्थापक समुह क अन्तर्गत बाट चार जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।
वित्तीय संस्थाको सस्थापक समुहबाट प्रतिनिधित्व गर्ने उदयनारायण बराल, कृष्ण प्रसाद गौतम, राजु प्रसाद अधिकारी र विजय कुमार दाहालको पदावधि समाप्त भएकोमा उक्त रिक्त संस्थाको छ्रैठौ साधारणसभाबाट चार जना सञ्चालक निर्विरोध भई ४ वर्षे कार्यकालका लागि सो पदमा नियुक्त भएका छन् ।