images
images

निरन्तर चौथो दिन पनि बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ३० करोड


  • 342
    SHARES
  • २०८१ पौष २२ गते सोमबार

    निरन्तर चौथो दिन पनि बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ३० करोड

    काठमाडौं । सोमबार शेयर बजार बढेर बन्द भएको छ । गत साताको बुधबारदेखि बढ्न थालेको नेप्सेले आज पनि सोही गतिलाई निरन्तरता दिएको छ । 

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९.१२ अंकले बढेर २ हजार ६ सय ४० दशमलव ६८ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १२ स्क्रिपको  ६ अर्ब ३० करोड रुपैयाँ बराबरको १ करोड ५४ लाख कित्ता शेयर किनबेच भएको छ । 

    यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.५५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, वित्त, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

    आज २ सय २६ कम्पनीको शेयर मूल्य बढेको छ । १२ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    आज एनआरएनको २९ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शाहस उर्जाको १३ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावरको १३ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    सोमबार एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा आत्मानिर्भर लघुवित्त रहेको छ । स्तै, यस दिन सुपर मादी हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने साहस उर्जा र माया खोला हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ।

     


    images
    images

    Logo