काठमाडौं । नागरिक लगानी कोषको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ७ प्रतिशत बोनस बापत नेप्सेले सोमबार शेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मुल्य १ हजार ९ सय ७१ रुपैयाँ ९६ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार २ हजार १ सय १० रुपैयाँमा भएको थियो ।
आज मूल्य समायोजन भएको कम्पनीको समायोजित मूल्यका आधारमा सोमबार कारोबार हुनेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।