images
images

सामान्य अंकले बढ्यो नेप्से, तीन कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट


  • 410
    SHARES
  • २०८१ पौष २१ गते आइतबार

    सामान्य अंकले बढ्यो नेप्से, तीन कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट

    काठमाडौं । आइतबार शेयर बजार बढेर बन्द भएको छ ।पछिल्ला दुई कारोबार दिनदेखि सामान्य अंक बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३२ अंकले बढेर २ हजार ५ सय ९१ दशमलव ५६ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय २७ स्क्रिपको ४ अर्ब ८६ करोड बराबरको ९३ लाख ८६ हजार कित्ता शेयर किनबेच भएको छ । 

    आइतबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गत साताको अन्तिम दिन विहीबार ४ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    आज कारोबारमा आएका १ सय ४१ कम्पनीको शेयर मुल्य बढेको छ । ९४ कम्पनीको शेयर मुल्य घटेको छ भने ८ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.६७ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन व्यापार उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन वित्त उपसमूहको परिसूच कभने १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १९ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिभर फल्स पावरको १७ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रसुवागढी हाइड्रोपावरको १२ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा उपकार लघुवित्त वित्तीय संस्था, ग्रिन भेञ्चर र दोर्दी खोला हाइड्रोपावर रहेका छन् । त्यस्तै, यस दिन दोल्ती पावर कम्पनी र ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।


    images
    images

    Logo