images
images

गार्डियन माइक्रो लाइफको आईपीओमा आजदेखि आवेदन दिन सकिने


  • 349
    SHARES
  • २०८१ पौष २१ गते आइतबार

    गार्डियन माइक्रो लाइफको आईपीओमा आजदेखि आवेदन दिन सकिने

    काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गदैछ।

    कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

    त्यसैगरी, कम्पनीले कर्मचारीहरुका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५ सय कित्ता शेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५ सय कित्ता शेयर म्यूचुअल फण्डहरुलाई छुट्याएको छ।

    कम्पनीले १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ।

    कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा छिटोमा पुस २४ गतेसम्म आवेदन दिन सक्नेछन्।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।  


    images
    images

    Logo