images
images

आईपीओ निष्काशनको लागि ३ कम्पनीले दिए बोर्डमा निवेदन


  • 408
    SHARES
  • २०८१ पौष १९ गते शुक्रबार

    आईपीओ निष्काशनको लागि ३ कम्पनीले दिए बोर्डमा निवेदन

    काठमाडौं ।  नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्काशनको लागि ३ कम्पनीले निवेदन दिएका छन् । निवेदन दिनेमा नुम्बुर हाइड्रोपावर, युनाइटेड मेवाखोला हाइड्रोपावर र एभरेस्ट कलर रहेका छन् । 

    धितोपत्र बोर्डसँग नुम्बुर हाइड्रोपावरले अंकित मूल्यमा प्रिमियम मूल्य थप गरेर आईपीओ अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरमा ११८ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २ सय १८ रुपैयाँमा आईपीओ ल्याउनेछ। कम्पनीले ३० लाख ६ हजार २०२ कित्ता साधारण शेयर बेचेर ६५ करोड ५३ लाख ५२ हजार ३६ रुपैयाँ पुँजी जुटाउनेछ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एलएस क्यापिटल रहेको छ।

    यसैगरी युनाइटेड मेवाखोला हाइड्रोपावरले अंकित मूल्य १०० रुपैयाँमा १ करोड २३ लाख कित्ता आईपीओ ल्याउन अनुमति मागेको छ। आईपीओ बिक्री गरेर कम्पनीले १ अर्ब २३ करोड रुपैयाँ रकम संकलन गर्नेछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

    उता एभरेस्ट कलरले भने ५० रुपैयाँ अंकित मूल्यमा ७ लाख ८० हजार कित्ता आइपीओ ल्याउन अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले ३ करोड ९० लाख रुपैयाँबराबरको साधारण शेयर जारी गर्नेछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।


    images
    images

    Logo