काठमाडौं । तिहार पछिको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक घटेर बन्द भएको छ । सोमबार बजार १९.२० अंकले घटेर २ हजार ८ सय २९ दशमलव ६५ बिन्दुमा पुगेको । आज बजारमा १८७ वटा कम्पनीको ४ अर्ब ४२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
बजारमा आज फाइनान्स, म्युचुअल फण्ड र इन्भेष्टमेन्ट बाहेक अरु सबै परिसूचकहरु घटेका छन् । आज कारोबार भएका कम्पनीमध्ये ४२ वटा कम्पनीको शेयर बढेको छ १४२ कम्पनीको मूल्य घटेको छ भने ३कम्पनीको मूल्य स्थिर रहेको छ ।
नेप्से घटेपनि साहस उर्जा, आइसीएफसी फाइनान्स, तेह्रथुम पावर कम्पनी र मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।
आज मुल्य घट्ने कम्पनीहरुमा पाँचथर पावर कम्पनी, सपोर्ट लघुवित्त वित्तीय संस्था, महालक्ष्मी विकास बैंक,जोशी हाइड्रोपावर डेभलपमेन्ट पावर कम्पनी आदि रहेका छन् ।



