images
images

महुली लघुवित्तको एफपीओ बाँडफाँट, ९ जना भाग्यमानीले पाए ११ कित्ता शेयर


  • 461
    SHARES
  • २०८१ पौष १९ गते शुक्रबार

    महुली लघुवित्तको एफपीओ बाँडफाँट, ९ जना भाग्यमानीले पाए ११ कित्ता शेयर

    काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।

    लघुवित्तले गत पुस ५ गतेदेखि ९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ करोड ७५ लाख ४४ हजार ९ सय १५ रुपैयाँबराबरको ४ लाख ७५ हजार ४ सय ४९ कित्ता एफपीओ निष्काशन गरेको थियो।

    सो शेयर खरिदका लागि कुल १६ लाख ९२ हजार १ सय ६ आवेदकले २ करोड २८ लाख ५२ हजार ८० कित्ताका लागि आवेदन दिएका थिए। सोमध्ये १६ लाख ८७ हजार ७ सय ७४ आवेदन स्वीकृत भएको छ भने ४ हजार ३ सय ३२ आवेदन रद्द भएको छ।

    मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत एफपीओ बाँडफाँट गरिएको छ। जसअनुसार भाग्यमानी ४७ हजार ५ सय ५४ आवेदकले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्। त्यस्तै, ९ जनाले थप १ कित्ता शेयर प्राप्त गरेका छन् भने १ आवेदकले ०.१५ कित्ता प्राप्त गरेका छन्।


    images
    images

    Logo