काठमाडौं । सात कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा लुम्बिनी विकास बैंक, हिमालयन डिष्टिलरी, सूर्योदय वोमी लघुवित्त, कालिका लघुवित्त, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, कालिका पावर र मेरो माइक्रोफाइनान्स रहेका छन् ।
लुम्बिनी विकास बैंकको ३ प्रतिशत बोनस बापतको नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ४ सय ६६ रुपैयाँ २ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ४ सय ८० रुपैयाँमा भएको थियो ।
त्यस्तै, हिमालयन डिष्टिलरीको १५ प्रतिशत बोनस बापतको नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य १ हजार १ सय ८३ रुपैयाँ ४८ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ हजार ३ सय ६१ रुपैयाँमा भएको थियो ।
सूर्योदय वोमी लघुवित्तको ६ प्रतिशत बोनस बापतको नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ७ सय १४ रुपैयाँ ४३ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ७ सय ५७ रुपैयाँ ३० पैसाँमा भएको थियो ।
त्यस्तै, कालिका लघुवित्तको ९.५ प्रतिशत बोनस बापतको नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य १ हजार ४ रुपैयाँ ५७ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ हजार १ सय रुपैयाँमा भएको थियो ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको १.८७५९ प्रतिशत बोनस बापतको नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ५ सय ५४ रुपैयाँ ६५ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ५ सय ६५ रुपैयाँमा भएको थियो ।
त्यस्तै, कालिका पावरको ७ प्रतिशत बोनस बापतको नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ५ सय ३ रुपैयाँ ७४ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ५ सय ३९ रुपैयाँमा भएको थियो ।
मेरो माइक्रोफाइनान्स ७.५ प्रतिशत बोनस बापतको नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ६ सय ८० रुपैयाँ ९३ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ७ सय ३२ रुपैयाँमा भएको थियो ।
आज मूल्य समायोजन भएका कम्पनीहरुको समायोजित मूल्यका आधारमा सोमबार कारोबार हुनेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।



