images
images

नेप्सेसँगै बढ्यो कारोबार रकम, १ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट


  • 446
    SHARES
  • २०८१ पौष १८ गते बिहीबार

    नेप्सेसँगै बढ्यो कारोबार रकम, १ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

    काठमाडौं । साताको अन्तिम दिन विहीबार शेयर बजार बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन सामान्य अंक बढेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६३ अंकले बढेर २ हजार ५ सय ८६ दशमलव २३ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १५ स्क्रिपको ४ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ३ अर्ब ५९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।  विहीबार १ सय ५६ कम्पनीको शेयर मुल्य बढेको छ । ७७ कम्पनीको शेयर मुल्य घटेको छ भने ११ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.४० प्रतिशत बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक १.८७ प्रतिशत बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.०३ प्रतिशत र अन्य उपसमूहको १.८४ प्रतिशत घटेको छ।

    कारोबार रकमका आधारमा यस दिन प्रभु महालक्ष्मी इन्स्योरेन्सको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ४६ करोड १७ लाख रुपैयाँ ४२ हजार रुपैयाँबराबरको संस्थापक शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन न्यादी हाइड्रोपावरको करिब २१ करोडको शेयर खरिदबिक्री भएको छ भने हिमालयन डिष्टिलरीको करिब १२ करोडको शेयर कारोबार भएको छ।

    आज एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा न्यादी हाइड्रोपावर रहेको छ । त्यस्तै, यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने सिन्धु विकास बैंक र सुपर मादी हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ।
     


    images
    images

    Logo