काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सीइओ पदबाट दिएको राजिनामा स्वीकृत भएको छ ।
कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले प्रसाइको को राजिनामा स्वीकृत गरेको हो ।
प्रसाईले आफ्नो घरायसी र व्यक्तिगत कारण देखाउँदै सो पदमा रहि कम्पनीको निरन्तर सेवा दिन असमर्थ रहेको भन्दै सञ्चालक समिति समक्ष राजिनामा दिएका थिए ।
साथै अर्को व्यवस्था नहुन्जेल सम्मको लागि कार्यबाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी नायव प्रमुख कार्यकारी अधिकृत सुशील कुमार चौधरीलाई दिएको कम्पनीले जनाएको छ ।