काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेञज परिसूचक (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से ५.१० अंकले बढेर २५८१.६० विन्दुमा पुगेको हो । मंगलबार नेप्से ३३.०८ अंकले घटेर २५७६.५० विन्दुमा पुगेको थियो ।
नेप्से ५ अंकले बढ्दा बजारमा १५० कम्पनीको शेयरमूल्य बढेको छ । आज ८८ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनी स्थिर छन् । आज त्रिशूली जलविद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
बजारमा रहेका १३ उपसमूहरुमध्ये आज बैंकिङ, जीवन बिमा, माइक्रोफाइनान्स, म्यूचुअल फन्ड र अन्यबाहेकका अन्य ८ उपसमूहको सूचक बढेको छ ।
नेप्से परिसूचक बढ्दा पनि आज कारोबार रकम भने घटेको छ । आज बजारमा ३ अर्ब ५९ करोड रुपैयाँ बराबर रकममा ९४ लाख ३४ हजार कित्ता शेयर कारोबार भएको छ । अघिल्लो दिन नेप्सेमा ५ अर्ब ६१ करोड रुपैयाँ बराबर रकमको कारोबार भएको थियो ।



