काठमाडौं । दुई हाइड्रोपावर कम्पनीको शेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले रिडी हाइड्रोपावर र रैरङ हाइड्रोपावर कम्पनीको शेयर कारोबार रोक्का गरेको हो ।
रिडी हाइड्रोपावर डेभलपमेन्ट हाइड्रोपावर र रैराङ हाइड्रोपावर कम्पनीसँग एक आपसमा गाभिने भएपछि कात्तिक २२ गते देखि नेप्सेले यी दुई कम्पनीको शेयर कारोबार रोक्का गरेको हो । सो दुई कम्पनीले कात्तिक १७ गते एक आपसमा गाभिने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।
दुबै हाइड्रोपावर कम्पनीको संयुक्त कारोबार शुरु नहुन्जेलका लागि दोस्रो बजारमा कारोबार रोक्का गरिएको हो।