images
images

एलआइसी नेपालको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन


  • 302
    SHARES
  • २०८१ पौष १७ गते बुधबार

    एलआइसी नेपालको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले मंसिर १२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। इन्स्योरेन्सको ८८.४५१६८ प्रतिशत हकप्रद शेयरमा आज बैंकिङ अवधिसम्ममा आवेदन दिन सकिनेछ।

    इन्स्योरेन्सले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.८८४५१६८ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार इन्स्योरेन्सले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ।

    हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले कात्तिक ९ गते बुकक्लोज गरेको थियो। यस अनुसार कात्तिक ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

    इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

     


    images
    images

    Logo