images
images

देशभर ५२ वटा विमानस्थल, २० वटा बन्द


  • 539
    SHARES
  • २०८१ पौष १६ गते मंगलबार

    देशभर ५२ वटा विमानस्थल, २० वटा बन्द

    काठमाडौं । देशभरि २० वटा विमानस्थल बन्द अवस्थामा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार अघिल्लो सातामात्र परीक्षण उडान गरिएको अछाम कमलबजारसहित देशभरि २० विमानस्थल अहिले बन्द छन् ।

    सञ्चालनमा रहेकामध्ये पनि धेरैजसो साना आन्तरिक विमानस्थलमा नियमित उडान छैन । कतै जहाज अभाव र कतै यात्रु अभावका कारण विमानस्थल चल्न सकेका छैनन् । अहिले देशभरि ५२ आन्तरिक विमानस्थल रहेकोमा २० वटा बन्द छन् ।

    प्राधिकरणका अनुसार बागलुङ, रुकुम चौरजहारी, दार्चुला, ढोरपाटन, पालुङटार विमानस्थल अहिले सञ्चालनमा छैनन् ।

    यसैगरी जिरी, कालिकोट, कमलबजार, काङ्गेलडाँडा, खिजी चण्डेश्वरी, लाङटाङ, लामिडाँडा, महेन्द्रनगर, मनाङ, मसिनेचौर, मेघौली, रोल्पा, रुम्जाटार, स्याङ्बोचे र टिकापुर विमानस्थल अहिले बन्द छन् ।

    नेपालमा अहिले तीन अन्तर्राष्ट्रिय विमानस्थल छन् । यसबाहेक विराटनगर, नेपालगञ्ज र धनगढी हब विमानस्थलका रूपमा छन् । देशभरि २९ आन्तरिक विमानस्थल भने सञ्चालनमा रहेको तथ्यांक छ ।


    images
    images

    Logo