काठमाडौं । पाँच कम्पनीको शेयर मुल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा लक्ष्मी सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, साना किसान विकास लघुवित्त, शिवम् सिमेन्ट्स र डिप्रोक्स लघुवित्त रहेका छन् ।
लक्ष्मी सनराइज बैंकले ५ प्रतिशत बोनस शेयर बापत नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य २ सय २४ रुपैयाँ ७६ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार २ सय ३६ रुपैयाँमा भएको थियो ।
यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले ३.६५१६ प्रतिशत बोनस शेयर बापत नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ३ सय ७२ रुपैयाँ ४० पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ३ सय ८६ रुपैयाँमा भएको थियो ।
साना किसान विकास लघुवित्तको १३.३० प्रतिशत बोनस शेयर बापत नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ८ सय १४ रुपैयाँ ६५ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ९ सय २३ रुपैयाँमा भएको थियो ।
त्यस्तै, शिवम् सिमेन्ट्सको ८.५५ प्रतिशत बोनस शेयर बापत नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ५ सय १२ रुपैयाँ २१ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ५ सय ५६ रुपैयाँमा भएको थियो ।
डिप्रोक्स लघुवित्तको ९.५० प्रतिशत बोनस शेयर बापत नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ७ सय ८५ रुपैयाँ ३९ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ८ सय ६० रुपैयाँमा भएको थियो ।
आज मूल्य समायोजन भएका कम्पनीहरुको समायोजित मूल्यका आधारमा बुधबार कारोबार हुनेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।



