images
images

३३ अंकले घट्यो नेप्से, परिसुचक २५७६.५० विन्दुमा


  • 390
    SHARES
  • २०८१ पौष १६ गते मंगलबार

    ३३ अंकले घट्यो नेप्से, परिसुचक २५७६.५० विन्दुमा

    काठमाडौं । मंगलबार शेयर बजार घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात गत आइतबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.०८ अंकले घटेर २ हजार ५ सय ७६ दशमलव ५० विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ८ स्क्रिपको ५ अर्ब ६७ करोड रुपैयाँ बराबरको १ करोड ३१ लाख कित्ता शेयर किनेबच भएको छ । 

    मंगलबार नेप्से घटेपनि कारोबार रकम भने सामान्य बढेको छ । आइतबार ५ अर्ब ४७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    आज २८ कम्पनीको शेयर मुल्य बढेको छ । २ सय १३ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक ०.०६ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ५.१९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन व्यापार र विकास बैंक उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी घटेको छ भने होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सबैभन्दा धेरै प्रभु बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १७ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको १४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    यस दिन शेयरमूल्य बढेका ४९ स्टकमध्ये कुनै पनि स्टकको मूल्य साढे ४ प्रतिशतभन्दा बढी बढेको छैन। यस दिन नाडेप लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४.०१ प्रतिशत बढेको छ भने उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४ प्रतिशत बढेको छ। 

     


    images
    images

    Logo