images
images

छ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 335
    SHARES
  • २०८१ पौष १६ गते मंगलबार

    छ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । छ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन लक्ष्मी सनराइज बैंक, शिवम् सिमेन्ट्स, सांग्रिला डेभलपमेन्ट बैंक, साना किसान विकास लघुवित्त, डिप्रोक्स लघुवित्त र आईसीएफसी फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले भोली अर्थात पुस १७ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

    लक्ष्मी सनराइज बैंकले पुस २४ गते, अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा चौबिसौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

    सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक नियुक्ति स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    शिवम् सिमेन्टले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८.५५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

    सो प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते, सोमबार, राष्ट्रिय सभा गृह, भुकृटीमण्डप, काठमाडौँमा साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

    त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले पुस २९ गते, सोमबार, आम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडौँमा बीसौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

    सभाले हाल कायम चुक्ता पूँजीको ३.६५१६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.१९२२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले पुस २६ गते, शुक्रबार, होटल सेभेन स्टार लिमिटेड, सौराह, चितवनमा तेइसौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

    सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न र मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु परित गर्नेछ।

    त्यसैगरी, साना किसान विकास लघुवित्त वित्तीय संस्थाले पुस २३ गते, मंगलबार, कृषि विकास बैंक, केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा २३ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

    सभाले हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालक पदमा नियुक्ति लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    आइसिएफसि फाइनान्सले पुस २९ गते सोमबार, बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाडौँमा २१ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

    सभाले हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।


    images
    images

    Logo