काठमाडौं । काठमाडौँमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण अवरुद्ध भएको छ । मेलम्ची खानेपानी आयोजनाको थोक वितरण प्रणालीको पाइप चुहिन थालेपछि शुक्रबारदेखि पानी वितरण अवरुद्ध भएको हो ।
मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित प्रशोधन केन्द्रबाट काठमाडौँ ल्याइने पानीको थोक प्रणालीको पाइप मर्मत भइरहेको हुनाले पानी वितरण अवरुद्ध भएको जनाएकाे छ ।
चुच्चेपाटी क्षेत्रमा खानेपानीको सहायक पाइप बिछ्याउने क्रममा मुख्य पाइप नै फुटेको पाइएको हुनाले मर्मतका लागि सडक नै खन्नुपर्ने भएकाले पानी पुनः सञ्चालनमा केही ढिलाइ भएको जनाएकाे छ । पाइप फुटेपछि सुन्दरीजल प्रशोधन केन्द्रबाट नै वितरण प्रणालीमा पानी छोडिएको छैन ।