images
images

सात कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?


  • 430
    SHARES
  • २०८१ पौष १४ गते आइतबार

    सात कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?

    काठमाडौं । सात कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, छिमेक लघुवित्त, जीवन विकास लघुवित्त, आत्मनिर्भर लघुवित्त र चिलिमे हाइड्रोपावर रहेका छन् । 

    कृषि विकास बैंकको ३ प्रतिशत बोनस बापतको नेप्सेले आइतबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ३ सय २४ रुपैयाँ १७ पैसा मा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ३ सय ३३ रुपैयाँ ९० पैसामा भएको थियो ।   

    यस्तै, महालक्ष्मी विकास बैंकको ३ प्रतिशत बोनस बापतको नेप्सेले आइतबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ३ सय ७७ रुपैयाँ ६७ पैसा मा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ३ सय ८९ रुपैयाँमा भएको थियो ।

    मितेरी डेभलपमेन्ट बैंकको ९.५०७९ प्रतिशत बोनस बापतको नेप्सेले आइतबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ६ सय ३५ रुपैयाँ ३९ पैसा मा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ६ सय ९५ रुपैयाँ ८० पैसामा भएको थियो ।

    त्यस्तै, जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस बापतको नेप्सेले आइतबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य १ हजार ३ सय ७८ रुपैयाँ ७ पैसा मा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ हजार ५ सय ७१ रुपैयाँमा भएको थियो ।

    आत्मनिर्भर लघुवित्तको १४.२५ प्रतिशत बोनस बापतको नेप्सेले आइतबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ५ हजार ७ सय १५ रुपैयाँ ५४ पैसा मा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ६ हजार ५ सय ३० रुपैयाँमा भएको थियो ।

    त्यस्तै, छिमेक लघुवित्तको ८ प्रतिशत बोनस बापतको नेप्सेले आइतबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ८ सय ६१ रुपैयाँ २० पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ९ सय ३० रुपैयाँ १० पैसामा भएको थियो ।

    चिलिमे हाइड्रोपावरको १० प्रतिशत बोनस बापतको नेप्सेले आइतबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ५ सय १८ रुपैयाँ १८ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ५ सय ७० रुपैयाँमा भएको थियो ।

    आज मूल्य समायोजन भएका कम्पनीहरुको समायोजित मूल्यका आधारमा सोमबार कारोबार हुनेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ । 


    images
    images

    Logo