images
images

काठमाडौं विश्वकै पाँचाैं प्रदूषित शहर, रत्नपार्क सबैभन्दा प्रदूषित


  • 393
    SHARES
  • २०८१ पौष १४ गते आइतबार

    काठमाडौं विश्वकै पाँचाैं प्रदूषित शहर, रत्नपार्क सबैभन्दा प्रदूषित

    काठमाडौं । काठमाडौं पुनः विश्वको प्रदूषित शहरहरुको सूचीमा पर्न थालेको छ । हिउँदयाम लागेसँगै वर्षा नहुँदा काठमाडौं उपत्यकाको वायु प्रदूषण बढ्न लागेको हो । 

    दिउँसो करिब साढे १ बजेको समयमा एयर क्वालिटि इन्डेक्स १६८ एक्यूआईसहित काठमाडौं पाँचाैं प्रदूषित शहर बनेको हो । 

    वातावरण विभागका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाका तीन जिल्लासहित, धनुषाको जनकपुर, चितवनको भरतपुर, दाङको देउखुरी र धनकुटा अस्वस्थकर देखिएका हुन् । 

    सो अवधिमा यी ६ सहरको औसत ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) १५१ भन्दा माथि छ । सबैभन्दा धेरै काठमाडौंको रत्नपार्कमा एक्युआई १८७ पुगेको विभागको तथ्यांक छ ।  

    काठमाडौंमा भने आइतरबार रातिसम्म नै वायु प्रदूषणको तह बढ्ने विभागले जनाएको छ । साँझ ८ बजे काठमाडौंको वायुमा पीएम (पर्टिकुलेट म्याटर)को मात्रा ६४.३१५ माइक्रोग्राम प्रतिघनमिटर पुग्ने विभागको पूर्वानुमान छ ।

    विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ । त्यसभन्दा माथि भए वायु अस्वस्थकर र जति एक्यूआई बढ्दै गयो उति हानिकारक मानिन्छ ।

    पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।

    पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

    आइतबार अपराह्न १२ः१५ बजे काठमाडौंको रत्नपार्कमा पीएम २.५ को मात्रा ६९.३ माइक्रोग्राम प्रतिघनमिटर रहेको विभागको तथ्यांक छ । 


    images
    images

    Logo