काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक सामान्य अंकले बढेको छ । बुधबार शेयर बजार ५.२२ अंकले बढेर २ हजार ८ सय ४८ दशमलव ८४ बिन्दुमा पुगेको हो ।
बजारमा आज १८९ वटा कम्पनीको ६ अर्ब ५५ करोड रुैपैयाँ बराबरको ९९ लाख कित्ता शेयर कारोबार भएको छ । ७४ वटा कम्पनीको शेयर मुल्य बढ्दा १११ वटा कम्पनीके शेयर मुल्य घटेको छ भने ४ वटा कम्पनीको शेयर मुल्य स्थिर रहेको छ ।
सामान्य अंकले बजार बढ्सँगै नबिल बैंकको सर्वाधिक १ अर्ब १७ करोड रुपैयाँ बराबरको शेयर कारोेबार भएको छ । महालक्ष्मी विकास बैंक आइसीएफसी फाइनान्स र साहस उर्जा कम्पनीको शेयरमुल्यमा सर्किट लागेको छ ।
बैंक, विकास बैंक हाइड्रोपावर, फइनान्स, माइक्रोफाइनान्स र म्युचुअल फण्डको शेयर मुल्य बढेको छ भने ट्रेडिङ,होटल एण्ड टुरिजम, निर्जीवन बीमा कम्पनी,र इन्भेष्टमेन्ट उपसुचकको शेयर मुल्य घटेको हो ।
अरुण कावेली पावर कम्पनी, मानुषी लघुवित्त वित्तीय संस्था, एनआरएन इन्फ्रास्टकचर विकास बैंक आदि कम्पनीको शेयर मुल्य बढेको छ भने छ्याङदी हाइड्रो, श्री इन्भेष्टमेन्ट फाइनान्स, युनिलिभर नेपाल र ग्रीनलाइफ हाइड्रो आदि कम्पनीको शेयर मुल्य घटेको हो ।



