images
images

आईपीओ जारी गर्न मन्दाकिनी र श्वेतगंगा हाइड्रोपावरले धितोपत्र बोर्डमा दिए आवेदन


  • 454
    SHARES
  • २०७८ कार्तिक १७ गते बुधबार

    आईपीओ जारी गर्न मन्दाकिनी र श्वेतगंगा हाइड्रोपावरले धितोपत्र बोर्डमा दिए आवेदन

    काठमाडौं । साधारण शेयर (आईपीओ) जारी गर्नका लागि दुई वटा कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

    मन्दाकिनी हाइड्रोपावर लिमिटेड तथा श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले स्थानियवासी आयोजना प्रभावित तथा सर्वसाधारणका लागि आईपीओ जारी गर्न बोर्डमा निवेदन दिएका हुन् ।  

    मन्दाकिनी हाइड्रोपावर लिमिटेडले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा १७ करोड ६४ लाख ११ हजार रुपैयाँ बराबरको १७ लाख ६४ हजार १ सय १० कित्ता शेयर जारी गर्न कात्तिक १४ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । 

    उक्त कम्पनीले आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा बी ओ के क्यापिटललाई नियुक्त गरेको छ ।  

    यसैगरी श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ४७ करोड ७९ लाख रुपैयाँ बराबरको ४७ लाख ७९ हजार कित्ता शेयर जारी गर्न कात्तिक १० गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । 

    उक्त कम्पनीले आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।  

    धितोपत्र बोर्डबाट स्विकृत पाएपछि यी दुई कम्पनीले आईपीओ निष्काशन गर्नेछन् । 

     


    images
    images

    Logo