काठमाडौं । चार कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा माउन्टेन इनर्जी नेपाल, कुथेली बुखरी स्मल हाइड्रोपावर, आरएसडिसी लघुवित्त र मिथिला लघुवित्त रहेका छन् ।
माउन्टेन इनर्जी नेपालको १५ प्रतिशत बोनस बापतको नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ६ सय ३३ रुपैयाँ २२ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ७ सय २८ रुपैयाँ २० पैसामा भएको थियो ।
यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावरको १० प्रतिशत बोनस बापतको नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य २ हजार ४ सय ६२ रुपैयाँ ७३ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार २ हजार ७ सय ९ रुपैयाँमा भएको थियो ।
यसैगरि, आरएसडिसी लघुवित्तको ९.५० प्रतिशत बोनस बापतको नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ६ सय ७३ रुपैयाँ ६ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ७ सय ३७ रुपैयाँमा भएको थियो ।
यस्तै, मिथिला लघुवित्तको १४.२५ प्रतिशत बोनस बापतको नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य १ हजार ५ सय ०७ रुपैयाँ २२ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ हजार ७ सय २२ रुपैयाँमा भएको थियो ।
आज मूल्य समायोजन भएका कम्पनीहरुको समायोजित मूल्यका आधारमा बुधबार कारोबार हुनेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।



