काठमाडौं । मंगलबार शेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.११ अंकले बढेर २ हजार ६ सय २६ दशमलव ३१ विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका ३ सय १२ स्क्रिपको ५ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २७ लाख कित्ता शेयर किनबेच भएको छ ।
मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ४ अर्ब ४३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
आज १ सय ६७ कम्पनीको शेयर मूल्य बढेको छ । ७१ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थिर छ ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको हो । आज यस कम्पनीको २० करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जोशी हाइड्रोको १९ कुरोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको ९ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा आत्मानिर्भर लघुवित्त, गुराँस लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त रहेका छन् ।



