images
images

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 315
    SHARES
  • २०७८ कार्तिक १७ गते बुधबार

    फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले साधारणसभा बोलाएको छ । कात्तिक १३ गते बसेको सञ्चालक समितिको १८६ औं बैंठकले कम्पनीको बाह्रौ वार्षिक साधारणसभा गर्न लागेको हो । 

    सो साधारणसभा मंसिर १६ गते बिहिबार आप्रपाली व्याङकेट भाटभटेनी काठमाडौंमा हुनेछ । उक्त साधारणसभाले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट हाल कायम भएको चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने ८ करोड ७६ लाख ८१ हजार रुपैयाँ बराबरको बोनस शेयर र ०.५३ प्रतिशतका दरले हुन आउने ४६ लाख ५३ हजार रुपैयाँ कर सहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ । 

    उक्त साधारणसभा प्रयोजनका लागि संस्थाले मंसिर ५ गते एक दिनका लागि शेयरधनी किताब बन्द गर्ने निर्णय गरेको हो । यस अनुसार मंसिर ४ गते सम्म कायम भएका शेयरधनीहरुले कम्पनीले वितरण गर्ने लाभांश र सो साधारणसभामा सहभागि हुन पाउनेछन् । 


    images
    images

    Logo