images
images

महुली लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 412
    SHARES
  • २०८१ पौष ९ गते मंगलबार

    महुली लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

    लघुवित्तले हाल कायम सर्वसाधारण समूहको हिस्सा १९.६८ प्रतिशतलाई, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत पुर्याउनका लागि एफपीओ निष्काशन गरेको हो।

    लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार ९ सय १५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७५ हजार ४ सय ४९ कित्ता शेयर निष्काशन गरेको हो।

    लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

    लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। 

     

     


    images
    images

    Logo