काठमाडौं । सोमबार शेयर बजार बढेर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.९१ अंकले बढेर २ हजार ६ सय १२ दशमलव २० विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका ३ सय २८ स्क्रिपको ४ अर्ब ४३ करोड रुपैयाँ बराबरको ८९ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । आइतबार ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
सोमबार १ सय ९४ कम्पनीको शेयर मूल्य बढेको छ । ४२ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मुल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.६५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लघुवित्त उपसमूहको परिसूचक २.४६ प्रतिशत बढेको छ भने विकास बैंक र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ४.२१ प्रतिशत घटेको छ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १८ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जोशी हाइड्रोको ११ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मोलुङ हाइड्रोको ११ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सोमबार ३ कम्पनीको शेयर मुल्यमा सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा सपोर्ट माइक्रोफाइनान्स, सुपर मादी हाइड्रोपावर र बराही हाइड्रोपावर रहेका छन् । त्यसैगरी, यस दिन बलेफी हाइड्रोपावर र नेपाल हाइड्रो डेभलोपरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ।



