images
images

आत्मनिर्भर लघुवित्तको शेयर कारोबार रोक्का


  • 366
    SHARES
  • २०८१ पौष ८ गते सोमबार

    आत्मनिर्भर लघुवित्तको शेयर कारोबार रोक्का

    काठमाडौं । आत्मनिर्भर लघुवित्तको शेयर कारोबार रोक्का भएको छ ।  कम्पनी सञ्चालक समितिको बैठकले गत पुस ८ गरे गरेको लाभांश सम्बन्धि निर्णय समयमा पेश नगरेको भन्दै नेप्सेले आत्मनिर्भर लघुवित्तलाई कारबाही गरेको हो ।

    योसँगै नेप्से ३ कार्यदिनभित्र स्पष्टीकरण पेस गर्न पनि निर्देशन दिएको छ। आत्मनिर्भर लघुवित्तको सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले आर्थिक वर्ष २०८०।८१ लाभांश घोषणासम्बन्धी निर्णय गरेर सोको जानकारी नेप्सेमा अर्को दिन पुस ८ गते कारोबार समय मध्याह्न १२ः१३ बजे नट्समार्फत पठाएको नेप्सेले जनाएको छ।

    धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा विवरण सोही दिन अथवा भोलिपल्ट कारोबार समयअघि पठाउनुपर्ने व्यवस्था छ। तर, आत्मनिर्भर लघुवित्तले कारोबार समयमा लाभांशसम्बन्धी सूचना पठाएकोले कारबाही गरिएको नेप्सेले जनाएको छ।

    नेप्सेले ३ दिनभित्र चित्तबुझ्दो जबाफ पठाउन पनि आत्मनिर्भर लघुवित्तलाई निर्देशन दिएको छ । यो लघुवित्त गत आर्थिक वर्षका लागि कुल १५ प्रतिशतले लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा १४.२५ प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश छन्।

    संस्थाले लाभांश पारित गर्न आफ्नो छैटौँ वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय पनि गरेको छ । सभा दाङको घोराहीस्थित होटल माला इनमा बिहान ११ बजेबाट सुरु हुनेछ।

    सोही सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउने संस्थाले जनाएको छ।


    images
    images

    Logo