images
images

शेयर बजारमा हरियाली, पुनर्बीमा कम्पनीले उचाल्यो परिसुचक


  • 407
    SHARES
  • २०७८ कार्तिक १६ गते मंगलबार

    शेयर बजारमा हरियाली, पुनर्बीमा कम्पनीले उचाल्यो परिसुचक

    काठमाडौं । मंगलबार शेयर बजार बढेको छ । साताको तेस्रो दिन बजार २३.७६ अंकले बढेर २ हजार ८ सय ४३ दशमलव ६२ बिन्दुमा पुगेको हो । बजार बढेसँगै १३१ वटा कम्नीको शेयर मुल्य बढेको छ ४५ वटा कम्पनीको मुल्य घटेकोे छ भने १२ वटा कम्पनीको शेयर मुल्य स्थिर रहेको हो । 

    नेप्सेमा आज ६ अर्ब ७ करोड रुपैयाँ बराबरको ९९ लाख कित्ता शेयर कारोबार भएको छ । बैंक ट्रेडिङ र इन्भेष्टमेन्ट कम्पनीको शेयर मुल्य घटेको छ भने अन्य सबै कम्पनीको शेयर मुल्य बढेको हो । 

    साहस उर्जा, गुडविल फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, कालिका पावर कम्पनी, रिडी हाइड्रोपावर,कर्णाली विकास बैंक आदि कम्पनीको शेयर मुल्य बढेको छ । नेपाल पुनर्बीमा कम्पनी पुँजी बजारको चौथो ठुलो कम्पनी हो । यो कम्पनीको मेल्यमा आएको उछालको कारणले बजारमा १२ अर्ब रुपैयाँ बराबर बजार पुँजीकरण बढेको छ । 

    आज सर्वाधिक मुल्य घट्ने कम्पनीहरुमा विशालबजार कम्पनी, नेपाल बंगलादेह बैंक, आरएमडीसी लघुवित्त वित्तीय संस्था आदि रहेका छन् । 


    images
    images

    Logo