काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज परिसूचक नेप्से १३.५३ अंकले घटेको छ । साताको पहिलो दिन बजारमा रहेका १५४ कम्पनीको शेयरमूल्य घट्दा नेप्से परिसूचक पनि घटेको हो ।
दोहोरो अंकले घटेको बजारमा आज ८४ कम्पनीको शेयरमूल्य भने बढेको र ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । दोहोरो अंकले नेप्से घट्दा पनि आज ४ कम्पनीको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्ने कम्पनीहरुमा सपोर्ट माइक्रोफाइनान्स, बाराही हाइड्रोपावर, न्यादी हाइड्रोपावर र सुपरमादी हाइड्रोपावर रहेका छन् ।
बजारमा रहेका १३ उपसमूहमध्ये आज हाइड्रोपावर र म्यानुफ्याक्चरीङ एण्ड प्रोसेसिङ बाहेक अन्यको सूचक घटेको छ ।
नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ । गत साताको अन्तिम दिन ४ अर्ब ७० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । जुन, आज घटेर ४ अर्ब ४५ करोड रुपैयाँमा सिमित भएको छ ।
आज नेप्सेमा ९१ लाख लाख ८० हजार कित्ता शेयर कारोबार भएको छ ।



