काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १७ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ ।
मंगलबार बिहान बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सो निर्णय अनुसार कर प्रयोजनको लागि नगद लाभांश घोषणा भएको छैन । यद्यपि दुई संस्थाबीच एकीकृत कारोबार हुँदा कर छुट हुने भएकोले सो कर तिर्नु नपर्ने कम्पनीले जनाएको छ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।