काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले बोनस शेयर दिने घोषणा गरेको छ । सो कम्पनीले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट आफ्ना शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र त्यसमा कर प्रयोजनका लागि लाग्ने नगद लाभांश वितरण गर्ने जनाएको हो ।
यसअघि सो कम्पनीले शतप्रतिशत हकप्र शेयर घोषणा गरेको थियो । यो कम्पनीले आफूलाई दोस्रो पूर्वाधार बैंकको रुपमा स्थापित हुने प्रयासमा छ । अहिले सो कम्पनीको १८ अर्ब २७ करोड रुपैयाँ बराबरका े चुक्ता पँजी छ । बोनसपछि सो पुँजी १९ अर्ब ७३ करोड पुग्नेछ ।