images
images

सातामा ८५ अंकले घट्यो नेप्से, आगामी साता के होला ?


  • 372
    SHARES
  • २०८१ पौष ६ गते शनिबार

    सातामा ८५ अंकले घट्यो नेप्से, आगामी साता के होला ?

    काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से ८५.४७ अंक घटेर २ हजार ५ सय ९६ दशमलव ८२ विन्दुमा झरेको छ।

    यस साता ५ कारोबार दिनमध्ये चार कारोबार दिन नेप्से घटेको थियो भने एक कारोबार दिन नेप्से बढेको थियो। यस साताको मंगलबार नेप्से सामान्य अंक बढेको थियो।

    नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ५ अर्ब ७४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ९ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ११।३१ प्रतिशत घटेको हो। यस साता दैनिक औषत शेयर संख्या १५.३१ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ८.१८ प्रतिशत घटेको छ।

    यस साता नेप्सेको कुल बजार पूँजीकरण ३।१९ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ४९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ४१ अर्ब रुपैयाँ घटेर ४३ खर्ब ७ अर्बमा झरेको छ।

    यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। यस साता यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ५.१७ प्रतिशत घटेको छ। यस साता सबैभन्दा कम भने लघुवित्त उपसमूहको परिसूचक १.९३ प्रतिशत घटेको छ।

    यस साता २ कम्पनीको ४५ लाख २४ हजार ८ सय २६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

     


    images
    images

    Logo