images
images

फेरि बढ्यो अण्डाको मूल्य, अब प्रतिक्रेट कति पर्छ ?


  • 420
    SHARES
  • २०८१ पौष ५ गते शुक्रबार

    फेरि बढ्यो अण्डाको मूल्य, अब प्रतिक्रेट कति पर्छ ?

    काठमाडौं । कुखुराको अन्डाको मूल्य बढ्ने भएको छ । ५ पुसदेखि लागु हुनेगरी अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँको दरले बढाएको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको हो ।

    संघका अनुसार मिडियम साइज अन्डा प्रतिक्रेट ४७० रुपैयाँबाट ४८५ र ठूलो अन्डा प्रतिक्रेट ४८५ रुपैयाँबाट ५०० रुपैयाँ प्रतिक्रेट पुगेको हो ।

    संघको बिहीबार बसेको बैठकले चितवनलाई आधार मानेर बिक्री मूल्य तय भएको हो ।

    संघले अन्डा बिक्री डिपोमा पुर्‍याउँदा भाडा, कार्टुन र क्रेट सहितको प्रति पेटी १४० रुपैयाँ थप लाग्ने जनाएको छ । अब बजारमा अन्डाको मूल्य प्रतिगोटा १६ रुपैयाँ बढी पर्ने भएको छ ।

    जाडो महिना लागेसँगै उत्पादनमा कमी आउने र बजारमा माग बढ्ने भएकोले अन्डाको भाउ बढ्ने गरेकाे छ ।


    images
    images

    Logo