images
images

सरकारसँग ९८ हजार मेट्रिक टन रासायनिक मल मौज्दात


  • 350
    SHARES
  • २०८१ पौष ३ गते बुधबार

    सरकारसँग ९८ हजार मेट्रिक टन रासायनिक मल मौज्दात

    काठमाडौं । सरकारसँग ९८ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ । मंसिर मसान्तसम्मको तथ्यांक अनुसार ९८ हजार ४३३ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । 

    यसमध्ये युरिया ६८ हजार ७९७ मेट, डीएपी २३ हजार ४३९ मेट र पोटास ६ हजार १९६ मेट मौज्दात छ । कृषि सामाग्री लिमिटेड र साल्ट टेडिङ्ग कम्पनी लिमिटेडले रासायनिक मल आयात गर्दै आएका छन् । 


    images
    images

    Logo