images
images

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट


  • 341
    SHARES
  • २०८१ पौष २ गते मंगलबार

    सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज परिसूचक नेप्से २.९५ अंकले बढेको छ । साताको दोस्रो दिन बजारमा रहेका ११७ कम्पनीको शेयरमूल्य बढ्दा नेप्से परिसूचक पनि बढेको हो । 

    सामान्य अंकले बढेको बजारमा आज ११७ कम्पनीको शेयरमूल्य भने घटेको र १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्थाको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ । 

    बजारमा रहेका १३ उपसमूहमध्ये आज विकास बैंक, इन्भेष्टमेन्ट, जीवन बिमा, म्यानुफ्याक्चरीङ एण्ड प्रोसेसिङ र म्युचुअल फन्डबाहेक अन्यको सूचक बढेको छ । 

    नेप्से परिसूचक बढ्दा पनि आज कारोबार रकम भने घटेको छ । सोमबार बजारमा ५ अर्ब ७९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । जुन, आज घटेर ४ अर्ब २९ करोड रुपैयाामा सिमित भएको छ । 

    आज नेप्सेमा ८९ लाख ३९ हजार बित्ता शेयर कारोबार भएको छ । 


    images
    images

    Logo