काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक १७.७५ अंकले घटेको छ । दिनभरिको तीव्र उतारचढाव बीच बजार घटेर २ हजार ८ सय १९ दशमलव ८७ बिन्दुमा पुगेको छ । बजारमा आज १८९ वटा कम्पनीको ७ अर्ब ७७ करोड रुपैयाँ बराबरको १ करोड ३४ लाख कित्ता शेयर कारेबार भएको छ ।
१४४ वटा कम्पनीको शेयर मुल्य घट्दा ४३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने बाँकी २ वटा कम्पनीको शेयर मुल्य घटेको छ । नेस्से सहित १३ उपसुचकहरु मध्ये बैक होटल एण्ड टुरिजम र इन्भेष्टमेन्ट कम्पनी बाहेक सबै कम्पनीको शेयर मुल्य घटेको छ ।
बजार घटेपनि मानुषी लघवित्त वित्तीय संस्था, साहस उर्जा कम्पनी र पाँचथर पावर कम्पनीको शेयर मुल्यमा सर्किट लागेको हो ।
आज सर्वाधिक मुल्य घट्ने कम्पनीहरुमा कामना सेवा विकास बैंक, हिमालयन पावर पार्टनर, रिडी हाइड्रो, घलेम्दी हाइड्रो र समता घरेलु लघवित्त वित्तीय संस्था रहेका छन् ।
महालक्ष्मी विकास बैंकको ३६ करोड ५८ लाख कित्ता शेयर कारोबार भएको छ ।



