images
images

एलआइसी नेपालको हकप्रद सेयरमा आवेदन दिने समय थप, अब कहिलेसम्म पाइन्छ ?


  • 328
    SHARES
  • २०८१ पौष २ गते मंगलबार

    एलआइसी नेपालको हकप्रद सेयरमा आवेदन दिने समय थप, अब कहिलेसम्म पाइन्छ ?

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले मंसिर १२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ। इन्स्योरेन्सको ८८.४५१६८ प्रतिशत हकप्रद शेयरमा अब पुस १७ गतेसम्म आवेदन दिन सकिने भएको छ।

    इन्स्योरेन्सले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.८८४५१६८ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार इन्स्योरेन्सले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ।

    हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले कात्तिक ९ गते बुकक्लोज गरेको थियो। यस अनुसार कात्तिक ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

    इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। 

    हाल इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ।

     

     


    images
    images

    Logo