काठमाडौं । सानिमा बैंक लिमिटेडमा तीन जना सञ्चालक नियुक्त भएका छन् । बैंकको कात्तिक १४ गते सम्पन्न भएको १७ औं वार्षिक साधारणसभा बाट संस्थापक समुहबाट ४ वर्षे कार्यकालका लागि तीन जना सञ्चालक पदमा तुकप्रसाद पौडेल गायत्री थापा र डा. केशव प्रसाद आचार्य निर्विरोध निर्वाचित भएका हुन् ।
आइतबार बसेको सञ्चालक समितिको बैठकले बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठको पदावधि समाप्त भई रिक्त रहेको अध्यक्ष पदमा सञ्चालक तुकप्रसाद पौडेललाई अध्यक्षमा चयन गरेको हो ।
साथै उक्त साधारणसभाले एस आर एण्ड पाण्डे एण्ड कम्पनी चार्टर्ड एकाउण्टेण्ट्स काठमाडौंलाई यस बैंकको आर्थिक वर्ष ०७८/०७९को लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षकमा नियुक्त गरेको छ ।