काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले क्रियटिभ सेक्युरिटज ब्रोकरसँग स्पष्टिकरण माग गरेको छ ।
स्वीकृति बिना नै स्वरोजगार लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर कारोबार गरेको भन्दैसँग बोर्डले स्पष्टिकरण माग गरेको हो ।
नेप्सेले स्वीकृति नलिई कम्पनीको संस्थापक शेयर कारोबार गरेको भन्दै ७ दिन भित्र जवाफ दिन माग गरिएपनि ब्रोकरबाट जवाफ नआएकाले नेप्सेले कारवाही किन नगर्ने भन्दै स्पष्टिकरण सोधेको हो । साथै ३ दिन भित्र जवाफ पेश गर्न निर्देशन दिएको छ ।