images
images

१२ प्रतिशत बोनसपछि नेपाल बङ्गलादेश बैंकको शेयर मूल्य समायोजन


  • 447
    SHARES
  • २०७८ कार्तिक १५ गते सोमबार

    १२ प्रतिशत बोनसपछि नेपाल बङ्गलादेश बैंकको शेयर मूल्य समायोजन

    काठमाठौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । 

    नेप्सेका अनुसार सोमबार बैंकको १२ प्रतिशत बोनस पछिको शेयर मुल्य समायोजन भएको हो । 

    सो बैंकको बुक क्लोज पछिको शेयर मुल्य ३ सय ८० दशमलव १८ रुपैयाँमा समायोजन भएको छ  । 

    नेपाल बङ्गलादेश बैंकको अन्तिम कारोबार ४ सय २५ दशमलव ८० रुपैयाँमा भएको थियो । 

    बैंकले वार्षिक साधारण सभाबाट पारित भए बमोजिम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र ३.५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

    उक्त बैंकको वार्षिक साधारणसभा मंसिर ३ गते कम्पनीको रजिष्टर्ड कार्यालय कमलादी काठमाडौंमा बस्दैछ । सो साधारणसभाले आर्थिक वर्ष ०७७/०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर र ३.५० प्रतिशत कर सहितको नगद लाभांश गरी कुल १५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ। 

     


    images
    images

    Logo